site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एनएमबि बैंकले मनायो दसौँ हेरिटेज वाक

काठमाडौं । एनएमबि बैंकले गत शनिबारदेखि दसौँ हेरिटेज वाक कार्यक्रम मनाएको छ । दसौँ हेरिटेज वाक कार्यक्रम बबरमहलस्थित एनएमबि बैंक भवनबाट सुरु भएर पाटन दरबार स्क्वायर पुगेर सम्पन्न भएको हो । 

समृद्ध नेपालको सम्भावनासहित मुलुकको ऐतिहासिक तथा सामाजिक रूपान्तरणका लागि सांस्कृतिक सम्पदा प्रबर्द्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बैंकले जनाएको छ ।

कार्यक्रममा करिब ६०० जनाको सहभागिता थियो ।

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  २०:२५
प्रतिक्रिया दिनुहोस्