site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
तनावग्रस्त बालाजु : सर्वसाधारणलाई हात उठाउन लगाइयो (तस्बिरहरू)

काठमाडौं । काठमाडौंको बालाजु क्षेत्र सोमबार तनावग्रस्त रह्यो । ट्राफिक नियमविरुद्ध आन्दोलनरत यातायात क्षेत्रका मजदुरहरूले बसलाई बिच सडकैमा छाडेर यातायात सेवा अवरुद्ध पारे । यात्रुहरू मर्कामा परे ।

साँझतिर प्रहरी र आन्दोलनरत मजदुरहरूबीच झडप नै भयो । केही प्रहरीसहित प्रदर्शनकारी घाइते भए ।

माछापोखरीमा प्रदर्शनकारीहरूले प्रहरीका दुई गाडीमा आगो लगाइदिए । एउटा प्रहरी बिटमा पनि आगजनी भयो ।

Argakhachi Cement Island Ad

उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दिवेश लोहनीका अनुसार झडपबाट २० जना प्रहरी घाइते भएका छन् । केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

झडपको प्रत्यक्ष मारमा भने सर्वसाधारण परे । यतिसम्म कि सर्वसाधारणलाई हिँड्नसमेत कठिन भइरहेको थियो ।

प्रहरी र प्रदर्शनकारीबाट जोगिन उनीहरू हात उठाएर हिँडिरहेका थिए । आफूहरू सर्वसाधारण भएको देखाउन उनीहरूलाई प्रहरीले हात उठाउन लगाएको थियो ।

ट्राफिक नियमविरुद्ध आन्दोलनरत मजदुरहरूले फागुन ३ गतेबाट देशव्यापी आन्दोलन गर्ने तयारी गरेका थिए । तर, आज नयाँ बसपार्कस्थित ल्होत्से बहुउद्देशीय प्रालिका अधिकारीहरूसँग विवाद भएपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

Balaju Bus (12)1676299038.jpg

Balaju Bus (10)1676299036.jpg

Balaju Bus (11)1676299033.jpg

Balaju Bus (8)1676299027.jpg

Balaju Bus (9)1676299027.jpg

Balaju Bus (7)1676299022.jpg

Balaju Bus (6)1676299021.jpg

Balaju Bus (5)1676299015.jpg

Balaju Bus (4)1676299010.jpg

Balaju Bus (3)1676299005.jpg

Balaju Bus (2)1676298996.jpg

Balaju Bus (1)1676298996.jpg

तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  २०:३०
प्रतिक्रिया दिनुहोस्