site stats
बाह्रखरी :: Baahrakhari
फोटो फिचर
‘कहीँ नभएको हाँडीगाउँको जात्रा’को रौनक (तस्बिरहरू)

काठमाडौं । काठमाडौंको हाँडीगाउँमा सत्यनारायण जात्रा मनाइएको छ । यो जात्रा 'कहीँ नभएको जात्रा हाँडीगाउँमा' भनेर प्रख्यात छ ।

ब्रह्मा, विष्णु र महेश्वर भगवानको पुजाआराधना गरी टोलटोलमा रथ घुमाएर काठमाडौंमा हाँडीगाउँको जात्रा मनाइएको हो । विशेष प्रकारको फूल र रथ परिक्रमा गरिने छुट्टै मौलिकता र विशेष पहिचान बोकेको हाँडीगाउँको जात्रा प्रत्येक वर्षको बडा दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्ट काठमाडौंको हाँडीगाउँमा मनाइँदै आएको छ ।

Hadigaun Jatra (14)1665403460.JPG

Argakhachi Cement Island Ad

यस वर्ष पनि जात्रालाइ निरन्तरता दिने क्रममा उल्लासमय वातावरणमा त्‍यहाँका युवाहरूले खटमा चढेर जात्रा मनाएका छन । हाडीगाउँमा निकालिएको जात्रा हेर्न सर्वसाधारणहरूको भिड लागेको छ ।

Hadigaun Jatra (13)1665403459.JPG

विश्वकर्माले बनाएका यी त्रिदेवको एकैपटक दर्शन र पूजाका साथै जात्राको दर्शन गर्नाले घरमा महालक्ष्मीको बास र मनोकामना पूरा हुने जनविश्वास छ । जात्राका दिन दर्शन र पूजाका लागि तीनवटै रथ तीनवटा भिन्न चोकमा राख्ने र घरघरबाट आएर पुजा गर्ने चलन छ ।  

अन्य जात्रामा माथि गजुर र तल भगवानको मूर्ति अर्थात आकृति हुन्छ भने हाँडीगाउँको जात्रामा यसको ठिक उल्टो अर्थात तल गजुर र माथि देवताको मूर्ति राखिन्छ । यो जात्रा तीन दिनसम्म यो जात्रा मनाउने गरिन्छ । खटको गजुर उल्ट्याइ देबतालाई माथि राख्ने, मैनको फुल प्रयोग गर्ने चोक्ते नारायण जात्रालाई नै जनजिब्रोमा हाडीगाउँको जात्रा भनिएको हो ।

Hadigaun Jatra (11)1665403458.JPG

परापूर्वकालमा त्यहाँकी राजकुमारीले सत्यनारायणको अपहेलना गरेका कारणले १२ वर्षसम्म सुत्केरी हुन नसकेको र यो जात्रा गरेपछि राजकुमारी सुत्केरी भएको विश्वास रहँदै आएको छ ।

पूर्णिमाको भोलिपल्ट मूर्तिलाई नगर घुमाई जात्रा सम्पन्नसँगै हाँडीगाउँमा दसैँको पनि सकिन्छ ।

 

 

 

Hadigaun Jatra (12)1665403458.JPG

Hadigaun Jatra (9)1665403457.JPG

Hadigaun Jatra (10)1665403457.JPG

Hadigaun Jatra (8)1665403456.JPG

Hadigaun Jatra (6)1665403455.jpg

Hadigaun Jatra (7)1665403455.JPG

Hadigaun Jatra (5)1665403454.jpg

Hadigaun Jatra (3)1665403453.jpg

Hadigaun Jatra (4)1665403453.jpg

Hadigaun Jatra (1)1665403452.JPG

Hadigaun Jatra (2)1665403452.jpg

तस्बिरहरू : सुनिल प्रधान र अभिषेक महर्जन/बाह्रखरी

प्रकाशित मिति: सोमबार, असोज २४, २०७९  १७:५३
प्रतिक्रिया दिनुहोस्