site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बीओकेका ग्राहकलाई बायो डायग्नाेस्टिक प्याथ ल्याबमा २५ प्रतिशत छुट 

काठमाडौं । बैंक अफ काठमाण्डू (बीओके) लिमिटेड र बायो डायग्नाेस्टिक प्याथ ल्याब नेपालबीच छुट दिने सम्बन्धी सम्झौता भएको छ ।

यो सम्झौता भएसँगै बायो डायग्नाेस्टिकमा सेवा लिएबापत बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकले २५ प्रतिशत छुट पाउने भएका छन् । छुट उपयोग गर्न ग्राहकहरूले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।

बायो डायग्नाेस्टिकले ललितपुरको ग्वार्को र काठमाण्डौंको सुकेधाराबाट सेवाग्राहीहरूलाई ल्याब सम्बन्धी गुणस्तरीय सेवा तथा सुविधाहरू प्रदान गर्दै आएको छ ।     

हाल बैंक अफ काठमाण्डूले १०३ शाखा कार्यालय, ९७ एटीएम र १० एक्स्टेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ । 

प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  १७:११
प्रतिक्रिया दिनुहोस्