site stats
बाह्रखरी :: Baahrakhari
देश
दाङमा खेत जोत्ने क्रममा करेन्ट लागेर मृत्यु
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । दाङमा खेत जोत्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । शनिबार साँझ तुलसीपुर उपमहानगरपालिका–१५, कोठरी बस्ने ५४ वर्षीय चित्रबहादुर विकको करेन्ट लागेर मृत्यु भएको हो ।

आफ्नै खेत जोत्ने क्रममा खेतमा लत्रिएको तारबाट करेन्ट लागेर अशक्त भएका उनको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  १४:४६
प्रतिक्रिया दिनुहोस्