site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको भाउ एक सातायताकै महँगो
फाइल तस्बिर ।

काठमाडौं । स्थानीय बजारमा सुनको भाउ एक सातायताकै महँगो भएको छ ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । यो एक सातायताकै महँगो भाउ हो । छापावाला सुन गएको साता आइतबार प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

एक सातामा सुनको भाउ ९०० रुपैयाँ बढेको हो । गएको शुक्रबारको तुलनामा भने सुनको भाउमा प्रतितोला ५०० रुपैयाँ वृद्धि भएको छ । शुक्रबार सुन प्रतितोला ९४ हजार रुपैयाँमा करोबार भएको थियो ।

यस्तै, चाँदीको भाउ गएको शुक्रबारको तुलनामा तोलााम १० रुपैयाँ घटेको छ । शुक्रबार प्रतितोला एक हजार १६५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर एक हजार १५५ रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।

प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  ११:५४
प्रतिक्रिया दिनुहोस्