site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
आई.एम.ई.लाइफलाई ट्रिपल बि रेटिङ्ग
Argakhachi Cement Island Ad

काठमाडौं । आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनीले ‘केयरएनपी ट्रिपल बि’ रेटिङ्ग प्राप्त गरेको छ । रेटिङ्ग एजेन्सी केयर रेटिङ नेपालले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित रहेको रेटिङ्ग प्रदान गरेको हो ।

कम्पनीले आफ्ना लगानीकर्ता तथा हितकारीको सुरक्षाको निम्ति आफ्ना जोखिमहरूलाई न्युनीकरण गर्दै लगेको समेत यस रेटिङ्गले थप पुष्टि पार्ने जारी विज्ञप्तिमा उल्लेख छ । आगामी दिनहरूमा पनि कम्पनीले आफ्ना परिसूचकहरू अझ सशक्त गर्दै लैजाने कुरामा प्रतिबद्ध रहेको जानकारी दिएको छ । कम्पनीले हाल १४० वटा शाखा कार्यिलयबाट बिमितहरूलाई सेवा दिँदै आएको छ । साथै कम्पनीमा २७ हजार भन्दा धेरै अभिकर्ताहरू आबद्घ रहेका छन् । 

प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  १४:४१
प्रतिक्रिया दिनुहोस्