site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
गोल्डन ओक १२औं कृति अवार्डस् भदौ २६ मा हुने 

काठमाडौं । नेपाल बिज्ञापन संघ (आन)  ले २०६० साल देखि शुरु गरेको कृति अवार्डस्को १२औं संस्करण यसवर्ष गोल्डेन ओक १२औं कृति अवार्डस् भदौ २६ गते गर्ने भएको छ ।

यस वर्षको कार्यक्रमको टाईटल स्पोन्सर हिमालयन डिष्टीलरी लि.को गोल्डेन ओक ब्रान्ड रहेको छ । राजधानीमा आयोजित उक्त समारोहमा संघका तर्फबाट अध्यक्ष सोमप्रसाद धिताल र कम्पनीका तर्फबाट जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजका ग्रुप कार्यकारी निर्देशक सशीन जोशीले हस्ताक्षर गरे ।

Argakhachi Cement Island Ad

आनले हरेक वर्ष आयोजना गर्दै आएको उक्त कार्यक्रम कोभिड १९ महामारीका कारण विगत २ वर्ष हुन सकेको थिएन । 

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका ग्रुप कार्यकारी निर्देशक जोशीले मुलुककै समग्र संञ्चार क्षेत्रको समसामयिक ब्यबसायिक परिस्थिति झल्काउने यस प्रतिष्ठित कार्यक्रममा आप्mनो समुहलाई सहभागी गराउन पाएकोमा खुसी व्यत्तः गरे ।

आनका अध्यक्ष धितालले प्रमुख प्रायोजक हिमालयन डिष्टीलरी लि. र गोल्डन ओक ब्रान्डलाई कार्यक्रम प्रायोजनका लागि धन्यबाद व्यक्त गरे ।

गोल्डेन ओक १२औं कृति अवार्डस्मा २०७६ वैशाख १ देखि २०७८ चैत मसान्तसम्म भए गरिएका बिज्ञापन तथा प्रबर्धनात्मक रचना तथा कामहरुलाई समाबेश गरिने छ । संघका सदस्य एजेन्सीहरुले २०७९ साउन ५ गते देखि भदौ ४ गते सम्म मनोनयन दर्ता गर्न सकिने कुरा पनि स्रघले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  ०९:१३
प्रतिक्रिया दिनुहोस्