site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रधानमन्त्री देउवा र समकक्षी मोदीले गरे जनकपुर–जयनगर रेलको संयुक्त उद्घाटन (तस्बिरसहित)

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीले  जनकपुर–जयनगर रेलको संयुक्त उद्घाटन गरेका छन् । केही समय अगाडि भएको भेटवर्तापछि उनीहरुले नयाँ दिल्लीस्थित हैदरावाद हाउसबाट संयुक्त रुपमा जनकपुर–जयनगर रेलको संयुक्त उद्घाटन गरेका हुन् । 

उद्घाटनपछि भोलिदेखि दैनिक आउने–जाने गरी रेल दुईपटक चल्नेछ । बिहान साढे ८ बजे जयनगरबाट कुर्थाका लागि रेल चल्नेछ । दुई घन्टामा कुर्था स्टेसन पुग्ने बताइएको छ । कुर्थाबाट पौने ११ बजे जयनगरका लागि रेल प्रस्थान गर्ने समय तालिका छ । सो रेल साढे १२ बजे जयनगर स्टेसनमा पुग्नेछ । 

Argakhachi Cement Island Ad

जयनगर गएको रेल पुनः ३ बजे फर्केर आउनेछ भने बिहान साढे ८ बजे जयनगरबाट आएको रेल बेलुका सवा ५ बजे फर्कने गरी तालिका निर्धारण गरिएको छ । 

टिकट अनलाइन र अफलाइन दुवै माध्यमबाट लिन सकिने व्यवस्था गरिएको छ । नेपाल रेल्वे कम्पनीले जनकपुरधामदेखि जयनगरसम्मको भाडा सामान्य कोचको ७० र एसी कोचको ३५० रुपैयाँ निर्धारण गरिएको छ ।

 

प्रकाशित मिति: शनिबार, चैत १९, २०७८  १२:५३
प्रतिक्रिया दिनुहोस्