site stats
बाह्रखरी :: Baahrakhari
देश
रौतहटमा जन्ती बोकेको गाडी दुर्घटनामा, चारजनाको मृत्यु 

जनकपुरधाम । रौतहटमा जन्ती बोकेको गाडी दुर्घटनामा परेको छ ।

दिउसो ४ बजेर १० मिनेटमा चन्द्रपुर–गौर सडक खण्ड अन्तर्गत जन्ती बोकेको सवारी दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

Argakhachi Cement Island Ad

भारतीय बीआर ०५ पीए ६९५३ नम्बर प्लेटको रातो स्कारपियो दुर्घटना हुँदा चारजनाको मृत्यु भएको र तीन जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए । उनका अनुसार सबै भारतीय नागरिक रहेको बुझिएको छ । 

मृतकको शव पोस्टमार्टमको लागि ग्रान्डी अस्तालमा तीन जनाको र एक जनाको हेल्थ लाइन अस्पताल गरुडामा राखिएको छ ।

सवारीमा सात जना सवार थिए ।
 

प्रकाशित मिति: मंगलबार, पुस १३, २०७८  १७:१९
प्रतिक्रिया दिनुहोस्