site stats
बाह्रखरी :: Baahrakhari
देश
रञ्‍जनलाई सजाय घटाउने  सर्वोच्चको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालय पुनरावलोकनमा जाने 
Argakhachi Cement Island Ad

काठमाडौं । सर्वोच्च अदालतले रञ्‍जन कोइरालालाई सजाय घटाएर गरेको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालय पुनरावलोकनमा जाने भएको छ । 

पूर्वडीआईजी  कोइरालाको सर्वस्वसहित जन्मकैदको सजाय घटाएर आठ वर्षमै जेलमुक्त गर्ने सर्वोच्च अदालतको फैसलापछि उनी आज मात्र रिहा भएका हुन् । 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र  न्यायाधीश तेजबहादुर केसीको इजलासले गरेको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालय  पुनरावलोकनमा जान लागेको हो । महान्यायाधिवक्ता कार्यालय स्रोतका अनुसार सकेसम्म आजै पुनरावलोकनका लागि जाने तयारी छ ।

न्यायाधीशको विशेषाधिकारले रञ्जनको सजाय घट्यो !

प्रकाशित मिति: बिहीबार, साउन ८, २०७७  १४:११
प्रतिक्रिया दिनुहोस्