site stats
बाह्रखरी :: Baahrakhari
विचार
 कोरोना आतंकमा मानवीय दायित्व 

दुनियाँ ढाकेको कोरोना आतंकबाट जोगिने मूल उपाय जमघट नगर्ने, भिडभाडमा नजाने अर्थात् एक प्रकारको सामाजिक दूरी कायम गरेर केही समय एकान्तवासमा वा अलग्गै बस्नुमात्रै हो । यसको अर्थ हिँड्न, डुल्न वा शारीरिक गतिविधि गर्न हुँदैन भन्ने हैन । समूहमा रहँदा भाइरस सर्ने जोखिम उच्च हुने हुँदा अनुशासित र व्यवस्थित हुन एकदमै जरुरी छ । यो भाइरस थुक र सिँगानबाट सर्ने भएकाले हात साबुन पानीले धुने वा निर्मलीकरण झोल (ह्यान्ड स्यानिटाइजर)को प्रयोग गर्नु यसलाई रोक्ने उत्तम उपाय हो । 

कोरोनासँग तर्सेर घरमै बसिरहनु पर्दा दिक्क लाग्न सक्छ । यो समय निराशा वा हतासाका लागि होइन नियन्त्रण र सन्तुलनका लागि हो । फेसबुक र सामाजिक सञ्जालमा आउने सबै सूचना र जानकारी सत्य हुँदैनन् । भ्रममा नपरौँ । यस महामारीको चर्चा गर्दा आसपास भएका बालबालिका, बिरामी र मनोसामाजिक समस्या भएका व्यक्तिको अवस्था र मनोदशा बुझेरमात्र गर्ने गरौँ । संसारै सकिन लागेको होइन । सामान्यभन्दा अलि बढी चनाखो हुने बेला चाँहि पक्कै हो यो । 

Argakhachi Cement Island Ad

परिवारका सदस्यहरुसँग मन खोलेर कुरा नभएको धेरै भएको हुन सक्छ । अहिले कुरा गरौँ । छोराछोरीबारे थप जान्ने अवसर हो यो । उनीहरुका मिल्ने साथी को हुन् ? उनीहरुलाई पढाइबाहेक के के गर्न मनपर्छ बुझौँ । घर सफा गर्न तिहारै कुर्न पनि पर्दैन । अघिपछि फुर्सद नभएको हो भने परिवारका सबै मिलेर सफा गरौँ ।

आलोपालो गरेर खाना पकाऊँ । खान मन लागेको तर व्यस्तताले बनाउन नपाएका खानेकुरा बनाऊँ र खााऊँ । बरु, धेरै खाएर मोटाइएला होस गरौँ । घर आँगनमा खेल्न सकिने खेल खेलौँ । कसरत गरौँ । सामाजिक दूरी कायम गरेर रोग सर्नबाट बच्न त सकिन्छ तर शारीरिक प्रतिरक्षा प्रणाली बढाउने स्वस्थ र फुर्तिलो रहने त  स्वस्थकर आहार र विहार (ब्यायाम, कसरत र खेलकुद) ले नै हो । योग र ध्यान पनि यस समयका लागि राम्रा उपायहरु हुन् । केटाकेटीलाई व्यवहार, घरको कामको बारेमा सिकाउने र सहभागी बनाउने यो असाध्यै राम्रो अवसर हुनसक्छ । घरमा करेसाबारी भए त्यहाँ काम गरौँ फूल रोपाैँ, तरकारी रोपौँ, हुर्किसकेका भए गोडमेल गरौँ, मल जल गरौँ । 

टीभी, सिनेमा हेर्ने, अन्ताक्षरी खेल्ने, पालै पालो कथा भन्ने, जीवनमा गर्व गर्न लायक कामहरुका बारेमा बताउने, विभिन्न विषयमा चर्चा परिचर्चा गर्ने, लेख्ने, पढ्ने कति धेरै काम छन् गर्ने हो भने !  भावना, सृजना सार्वजनिक गर्न सामजिक सञ्जाल, अनलाइन मिडिया छन्, तीमार्फत धेरै जनासँग पुग्न सकिन्छ । के थाहा तपाईँको कामले अरु कति जनालाई उत्प्रेरित गर्ने पो हो कि ? तपाईको विचारले संसारै परिवर्तन गर्ने पो हो कि ? समस्या समाधानमा कोसे ढुंगा पो हुने हो कि ? 

यो कठिन समयलाई निराशा, हतासा र दिक्दारीका रुपमा नलिऊँं । यसलाई अवसरका रुपमा लिऊँ र एक कदम अगाडि बढौँ । हो, अहिले मानव जीवनको कमजोरी छर्ल∙ भएको छ । तर, यसलाई जितेर अगाडि बढ्नु पनि त छ । मिलाउनु छ प्रकृति र पृथ्वीसँगको सन्तुलन । सहअस्तित्वमा बाँच्न सिक्ने बेला आएको छ । 

आज पनि रोग, भोकमरी, दुर्घटना, द्वन्द्व, विपदजस्ता कारणले दैनिक हजारौं मान्छे मरिरहेकै छन् । कोरोना भाइरसका कारण मर्नेको संख्या त आजका दिनमा पनि २१ हजारका हाराहारीमात्र छ र प्रभावितको संख्या पनि लाखमै सीमित छ । तैपति, यो किन विश्वव्यापी महामारी मानियो भने यसैले कुनै जात, धर्म, लि∙, वर्ग, धनी, गरिब, शिक्षित, असिक्षित, बालक, बृद्ध कसैलाई विनाभेदभाव आक्रान्त पारेको छ । 

हामी सबैलाई थाहा छ यस्ता विषम घडीमा अपा∙ता भएका व्यक्तिहरु, बालबालिका, ज्येष्ठ नागरिक, बिरामी, गर्भवती महिलालगायतका अपेक्षाकृत कमजोर समूहलाई विशेष सहयोगको आवश्यकता पर्छ । यसप्रति सचेत बनौँ । सेवा सुविधा तयार गर्दा यस्ता समूहको आवश्यकतालाई पनि ध्यान दिएर बनाऊँ । अहिले एकले आर्कोलाई सहयोग गर्ने बेला हो । सबै जुटौँ । 

प्रकाशित मिति: शुक्रबार, चैत १४, २०७६  १२:४७
प्रतिक्रिया दिनुहोस्