site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
 तेत्तीस कोटीको तात्पर्य ३३ करोड हैन ! 

केही समय अघिसम्म म पनि ३३ कोटी भनेको ३३ करोड हो भन्ने भ्रममा थिएँ । तर एउटा हिन्दी टेली शृंखलामा गरिएको वर्णन सुनेपछि अब मलाई स्पष्ट भएको छ । मन शान्त छ, चित्त स्थिर छ । 

केही समयअघि हिन्दी टेली शृंखला “तेनाली रामा“  को ३९४ र ३९५ भाग हेर्ने क्रममा यो जानकारी प्राप्त भयो। शृंखलाको ३९४ औं भागको १२ : ३०  मिनेटपछि यो प्रसंग सुरु हुन्छ र ८ मिनेटमा सकिन्छ। बाँकी ३९५ औं भागको पहिलो ३ मिनेटमा आउँछ । दुवै भागको गरी ११ मिनेटको समयमा सबै राम्ररी सम्झाइएको छ । 
सो जानकारीअनुसार ‘बृहदारण्यक’ उपनिषद्को ‘याज्ञवल्क्य’ प्रश्नावलीमा यसको प्रसंग छ। साथै केही वेदहरुमा पनि यसको प्रसंग पाइन्छ भनिएको छ । ती ३३ कोटी (उच्चतम) देव हुन् ः  वसु — ८,  आदित्य — १२, रुद्र ११, र  अश्विनीकुमार — २ ।

आठ वसुहरुले प्रकृतिको विभिन्न भागहरुको प्रतिनिधित्व गर्छन् । यी आठ वसुहरुका नाम हुन् — अनिल, अपस, देअस, धरा, ध्रुव, अनल, अग्नि, प्रभास र सोम ।

Argakhachi Cement Island Ad

१. अनिल अर्थात् वायु, २. अपस अर्थात् जल 

३. देअस अर्थात् अन्तरिक्ष, ४. धरा अर्थात् पृथ्वी 

५. ध्रुव अर्थात् ध्रुवतारा ६. अनल अर्थात् अग्नि 

७. प्रभास अर्थात् सूर्योदय र ८. सोम अर्थात् चन्द्रमा 
बाह्र आदित्यहरुले मनुष्यको सामाजिक जीवनको १२ भाग र साथै १२ महिनाको प्रतिनिधित्व गर्छन् । यी १२ आदित्यहरुको नाम हो — शक, अंश, आर्यमान, भाग, धतृ, वस्त्र, मित्र, रवि वा पुषण, सबित्री वा परजन्य, सूर्य वा विवसमान, वरुण, वामन 

१. शक अर्थात् नेतृत्व, २. अंश अर्थात् भाग 

३. आर्यमान अर्थात् श्रेष्ठता, ४. भाग अर्थात् धरोहर 

५. धतृ अर्थात् अनुष्ठान कौशल 

६. वस्त्र अर्थात् शिल्पकौशल 

७. मित्र अर्थात् मित्रता ८. रविरपुषण अर्थात् समृद्धि 

९. सबित्रीरपरजन्य अर्थात् शब्दभित्र लुकिबसेको शक्ति 

१०. सूर्यरविवसमान अर्थात् सामाजिक नियम 

११. वरुण अर्थात् भाग्य १२. वामन अर्थात् ब्रम्हाण्डीय नियम 

एघार रुद्रले ११ इन्द्रियहरुको स्वामीको प्रतिनिधित्व गर्छन् ।  यी ११ रुद्रहरुको नाम हो   — आनन्द, विज्ञान, मनस, प्राण, वाक, प्रथमासान, तत्पुरुष, अघोरा, वामदेव, सद्योजात र आत्मा 

१. आनन्द अर्थात् प्रशन्नता २. विज्ञान अर्थात् ज्ञान 

३. मनस अर्थात् विचार ४. प्राण अर्थात् प्राणशक्ति 

५. वाक अर्थात् व्याख्यान ६. प्रथमासान अर्थात् शशक

७. तत्पुरुष अर्थात् व्यक्ति ८. अघोरा अर्थात् अघोरी साधु

९. वामदेव अर्थात् प्रत्यक्ष ब्राह्मण 

१०. सद्योजात अर्थात् जे जति प्रकट भएको छ, उत्पन्न भएको छ 

११. आत्मा 

र अन्त्यमा दुई अश्विनीकुमार । केही वेदहरूमा यो स्थान इन्द्र र प्रजापतिलाई पनि दिइएको छ । 

यस प्रकार ८ बसु, १२ आदित्य, ११ रुद्र र २ अश्विनीकुमार गरी जम्मा ३३ कोटी (उच्चतम) देवी देवता भनिएको मानिन्छ । 

यो जानकारी माथि नै उल्लेख गरेजस्तै टेली शृंखलाबाट प्राप्त भएको हो । यसैले यसमा त्रुटि पनि हुनसक्छ । पाठकहरूलाई जानकारी भए सच्याउन र सिक्न सधैँ तयार रहेको निवेदन गर्छु । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक १८, २०७६  ०८:४९
प्रतिक्रिया दिनुहोस्