site stats
बाह्रखरी :: Baahrakhari
खेल
क्रिकेटको तयारी सुस्त, कुन खेलको तयारी कहाँ हुँदैछ ?

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) आयोजनाको जिम्मेवारी पाएको नेपालले तयारी तीव्र पारेको छ । भौतिक पूर्वाधारको स्तरोन्नतिदेखि खेलाडी प्रशिक्षण सुरु भइसकेको छ ।  पूर्वाधारको कारण देखाउँदै पटक–पटक मिति सारिएको साग पूर्वाधारकै कारण नरोक्ने दाबीसहित नेपालले आन्तरिक तयारी तीव्र बनाएको छ ।

देशको प्रतिष्ठासँग जोडिएको साग समयमै सम्पन्न गर्न नेपाललाई पूर्वाधार नै मुख्य चुनौती रहेको छ । तर राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिव रमेश कुमार सिलवाल चुनौती नभइ अवसर रहेको बताउँछन् ।  उनकै  आधारलाई मान्ने हो पूर्वाधार निमार्णको काम कात्तिक १५ गतेभित्र सकिनेछ । २०७२ सालको विनासकारी भूकम्पपछि तङ्ग्रिन नपाएको दशरथ रंगशालाको स्तरोन्नति अन्तिम चरणमा छ । पोखरा रंगशाला र सातदोबाटोमा रहेको हिटिङ स्वीमिङ पुलको काम एकसाथ सकिने दाबीसहित सिलवाल आन्तरिक तयारीमा जुटेका छन् । 

Argakhachi Cement Island Ad

तोकिएकै मितिमा साग भए २७ खेलमा प्रतिस्पर्धा हुनेछ । आयोजकको हैसियतले नेपालले प्याराग्लाडिङ, क्रिकेट, कराँते र गल्फ समावेश गरेको छ ।  घरेलु मैदानमा फाइदा उठाउने लक्ष्यमा रहेको नेपालले सबै खेललाई तयारीमा जुट्न निर्देशन दिइसकेको छ ।  २६ खेलको तयारी सुरु भइसके पनि पहिलोपटक समावेश क्रिकेटको भने प्रशिक्षण गर्ने मैदानको अभावमा तयारी हुन सकेको छैन । 

राष्ट्रिय टोली तयारी समितिका निर्देशक महेन्द्रकुमार राइले क्रिकेटको तयारी भदौबाट सुरु हुने बताए । उनले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पिच र घाँस काट्ने काम भइरहेको र सकिनेबित्तिकै तयारी थालिने बताए ।  पाँच खेलको तयारी काठमाडौं उपत्यका बाहिर हुँदैछ भने अन्यको सातदोबाटो, लगनखेल, दशरथ रंगशालामा चलिरहेको छ । 

ह्यान्डबल र आर्चरी पोखरामा, बास्केटबल धरानमा, कुस्ती हेटौंडामा र खोखोको तयारी बर्दियामा भइरहेको छ । आर्चरीको एक टोली जापानमा पनि प्रशिक्षण गरिरहेको छ । 

अन्य खेलको तयारी निम्न स्थानमा चलिरहेको छ  

फुटबलः एन्फा कम्प्लेक्स, सातदोबाटो 

तेक्वान्दोः तेक्वान्दो एकेडेमी, सातदोबाटो

टेनिसः टेनिस कोर्ट, सातदोबाटो

कराँतेः कराँते हल, सातदोबाटो

सुटिङः सुटिङ रेन्ज, सातदोबाटो

स्क्वासः स्क्वास एकेडेमी, सातदोबाटो

ब्याडमिन्टनः दशरथ रंगशाला, त्रिपुरेश्वर

भारोत्तोलनः दशरथ रंगशाला, त्रिपुरेश्वर 

उसुः दशरथ रंगशाला, त्रिपुरेश्वर

भलिबलः लगनखेल, त्रिपुरेश्वर 

एथ्लेटिक्सः आर्मी मैदान भद्रकाली

बक्सिङ्ग: आर्मी कर्भडहल र थाइल्यान्ड

ट्रायथलनः आर्मी प्रशिक्षण केन्द्र, लगनखेल

फेन्सिङः नेपाल पुलिस एकेडेमी, महाराजगन्ज

कबड्डीः नेपाल पुलिस एकेडेमी, महाराजगन्ज

गल्फः गोकर्ण रिसोर्ट 

जुडोः जुडो हल, नयाँबजार

पौडीः वेस्ट भेन्यू, कालोपुल

टेबल टेनिसः टीटी प्रशिक्षण केन्द्र, लैनचौर

साइक्लिङः जगडोल  
 

प्रकाशित मिति: मंगलबार, साउन २१, २०७६  ०६:४५
प्रतिक्रिया दिनुहोस्