राजनीति

काठमाडौं । सदन अवरोधबारे सभामुख देवराज घिमिरेसहित दलका नेताहरू छलफलमा जुटेका छन् ।
सभामुखको कार्यकक्षमा दलका प्रमुख सचेतकसहित कानुनमन्त्री अजय चौरासिया, सहकारीमन्त्री बलराम अधिकारीसहितका नेताहरू छलफलमा छन् ।
प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग राखेपछि बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभा बैठक स्थगित भएको थियो । आधा घण्टाका लागि स्थगित भएको बैठक २ः३० बजेका लागि सारिएको थियो ।
सहमति जुट्न नसकेपछि सदन रोकेर नेताहरू छलफलमा जुटेका हुन् । सत्तापक्षले गृहमन्त्रीले जवाफ दिन पाउनुपर्ने माग राखेको छ भने प्रतिपक्षीले राजीनामा र उच्चस्तरीय छानबिन आयोग गठन हुनुपर्ने अडान लिएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२ १५:२१
प्रतिक्रिया दिनुहोस्