site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘प्रतीक ढकाल नियात्रा सौरभ’ नियात्राकार सलोन कार्थकलाई

काठमाडौं । जयन्ता–पवित्रा ढकाल स्मृति कोषद्वारा स्थापित पुरस्कार ‘प्रतीक ढकाल नियात्रा सौरभ’ २०८२ सालका लागि दार्जिलिङका नियात्राकार सलोन कार्थकलाई प्रदान गरिएको छ ।

पर्वतीय साहित्य समाजले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि अग्रज नियात्राकार घनश्याम राजकर्णिकारलगायतले कार्थकलाई उक्त पुरस्कार प्रदान गरे । 

Argakhachi Cement Island Ad

पुरस्कारका साथ नगद राशि ५५ हजार रुपैयाँ समेत प्रदान गरियो । कार्यक्रममा ‘प्रतीक ढकाल कीर्तिमानी यायावर पुरस्कार’ नगद राशि ५१ हजारसहित प्रदीप खनाललाई प्रदान गरियो ।

पुरस्कार प्रदान गर्दै प्रमुख अतिथि राजकर्णिकारले प्रतीक ढकालले नेपाली नियात्रा विधालाई अगाडि बढाउन गरिआएको कामको प्रशंसा गरे ।

पुरस्कृत सर्जक कार्थकले आफ्नो लेखन यात्राबारे बताउँदै एक समय दार्जिलिङमा नियात्रा लेखन दुर्लभ रहेको भन्दै नेपालबाट लेखिएका नियात्रा कृतिहरू पढ्दै गएपछि आफू नियात्रा लेखनतर्फ आकर्षित भएको उल्लेख गरे ।

कार्यक्रममा प्रतीक ढकालले पुरस्कारबारे चर्चा गर्दै सलोन कार्थकलाई आफूले व्यक्तिगत रूपमा नचिने पनि पुरस्कारका लागि योग्य ठानेरै उनलाई पुरस्कृत गरिएको बताए । 

कार्यक्रममा प्रा.डा. सावित्री कक्षपती, मोहन चापागाईं, प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेल, प्रदीप खनाललगायतले बोलेका थिए ।

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  १२:११
प्रतिक्रिया दिनुहोस्