site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
परराष्ट्रमन्त्री राणा आज हङकङ जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा आज (बुधबार) हङकङ जाँदै छिन् ।

अन्तर्राष्ट्रिय मध्यस्थता संगठन स्थापना गर्ने महासन्धिको हस्ताक्षर समारोहमा पर्यवेक्षकका रूपमा सहभागी हुन उनी हङकङ जान लागेकी हुन् ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य, केन्द्रीय विदेश आयोगको कार्यालयका निर्देशक तथा चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी हङकङ जान लागेको परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

हस्ताक्षर समारोह जेठ १६ मा जनवादी गणतन्त्र चीनको हङकङ विशेष प्रशासनिक क्षेत्रमा आयोजना हुँदै छ । उनी जेठ १७ गते काठमाडौं फर्कनेछिन् । 
 

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  १५:००
प्रतिक्रिया दिनुहोस्