
काठमाडौं । मकवानपुरमा दुईजना पक्राउ परेका छन् । भीमफेदी गाउँपालिका–१, खोप्लाङखोलाबाट उनीहरूलाई गएराति प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा मनहरी गाउँपालिका–८, सिमपानी बस्ने २५ वर्षीय प्रदीप मोक्तान र मकवानपुरगढी गाउँपालिका–५ बस्ने २५ वर्षीय समुद्र दाहाल छन् ।
प्रहरी चौकी भैँसेबाट खटिएको प्रहरीले चुनियाबाट हेटौँडा बजारतर्फ जाँदै गरेको बा३ च ३४९६ नम्बरको कारलाई जाँच गर्ने क्रममा चारवटा बोरामा लुकाई ल्याएको सामग्री फेला पारेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भाङको दानासहित उनीहरु पक्राउ परेका हुन् ।
प्रहरी समाचार कक्षले उक्त समाचारमा भुलवस गलत तथ्य समावेश भएको भन्दै हटाएको छ । “भाङको दाना रहेछ । धेरै मात्रामा देखिएपछि हामीले उनीहरुलाई पक्राउ गरेका हौँ,” मकवानपुरका एसपी विश्व खड्काले भने ।
उनका अनुसार अहिले उनीहरुमाथि अनुसन्धान जारी छ ।
*यसअघि प्रहरीले दिएको सूचनाका आधारमा गाँजा उल्लेख भएकोमा सच्याइएको छ ।