
काठमाडौं । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले देशको सशस्त्र सेनाले भारतको आक्रमणलाई सफलतापूर्वक असफल बनाएको भन्दै प्रशंसा गरेका छन् ।
सञ्चारमाध्यमहरूसँग कुरा गर्दै रक्षामन्त्री आसिफले भारतले पाकिस्तानमा आक्रमण गर्न ठूला विमानहरू ल्याएको थियो जुन पाकिस्तानी सेनाले “चंगा जस्तै काटिदिएको दाबी गरे । उनले विदेशी खतराबाट देशको रक्षा गर्न पाकिस्तानी सेनाको सशक्तिकरणमा जोड दिएको डेलिटाइम्सले उल्लेख गरेरको छ ।
ख्वाजा आसिफले उनको निवासमा आएका विद्यार्थीहरूले देखाएको एकताको लागि पनि कृतज्ञता व्यक्त गर्दै यसलाई देशभक्तिको मार्मिक अभिव्यक्ति भने ।
उनले मे १० को निर्णायक क्षणलाई सम्झँदै यसलाई राष्ट्रको इतिहासमा एक महत्त्वपूर्ण मोडको रूपमा वर्णन गरे । रक्षामन्त्रीले सशस्त्र बलको नेतृत्वलाई बधाई दिए र प्रधानमन्त्री शाहबाज शरिफलाई संकटकालीन अवस्थामा उनको दृढ नेतृत्वको लागि प्रशंसा गरे ।
आसिफले सरकारले राष्ट्रिय रक्षामा सेनाको साथ दिन पूर्ण प्रतिबद्धता जनाएर पाकिस्तानभित्र एकता पुनःस्थापित भएको बताए । उनले देशको सुरक्षा सुनिश्चित गर्न आवश्यक कदम चालिने बताए ।
आसिफका अनुसार पाकिस्तानले सीमामा भारतलाई पराजित गरिसकेको र यही शक्तिको साथ उनीहरूले पश्चिमी मोर्चामा पनि सफलता हासिल गर्ने बताए ।