site stats
बाह्रखरी :: Baahrakhari
देश
नौ दिनपछि सुरु भयो सवारी लाइसेन्स छपाइ

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्य नौ दिनपछि पुनः सुरु भएको छ ।

वैशाख २५ गतेदेखि अनिश्चितकालका लागि बन्द  गरिएको लाइसेन्स छपाइ पुनः सुरु भएको यातायात व्यवस्था विभागले जनाएको छ । 

प्रिन्टर बिग्रिएपछि विदेश जाने नेपाली नागरिक, शान्ति सेनाका लागि खटिने नेपाली सेना तथा नेपाल प्रहरीका सदस्य र गैरआवासीय नेपाली नागरिकका लागि अत्यावश्यक लाइसेन्स छपाइ हुँदै आएको थियो ।

शनिबार (३ गते)दखि प्रिन्ट भएको लाइसेन्स संकलन गर्न सकिने विभागले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  १६:२१
प्रतिक्रिया दिनुहोस्