
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा अभिनय सुरु भएको बताएका छन् । मंगलबार बालुवाटारमा सिनेमा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष समारोहमा ओलीले अभिनयले भने बदल्न नसक्ने बताए ।
उनले राति मुसा समाउने र बिहान भएपछि पूजापाठ गरेर रुद्राक्ष माला लगाएझैँ गरी चोखो बन्ने अभिनय राजनीतिमा पनि सुरु भएको बताए ।
"आजकाल राजनीतिमा पनि अभिनय आएकै छ । रातिराति मुसा झ्याप्प, झ्याप्प, झ्याप्प पाल्यो, बिहानै भएपछि यस्तो लगाएर (ठाडो टीका), घण्टी बाँधेर, पाखुरामा रुद्राक्ष बाँधेर यसरी निस्किन्छन् मान्छे कि मंगलम् भगवान विष्णु...," उनले भने ।
उनले नयाँ संस्करणको राजनीतिमा भगवान्को नाम जप्ने तर काम राक्षसको जस्तो गर्ने प्रवृत्ति सुरु भएको टिप्पणी गरे ।
"राजनीतिको आचरण त्यस्तो होइन । न सेन्टिमेन्टमा, न अभिनयमा देश बदल्न सकिन्छ । बदल्ने भनेको यथार्थमा बदल्ने हो," उनले भने ।