site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गणतन्त्रविरोधी कुनै पनि गतिविधि स्विकार्न सकिन्न : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान र व्यवस्थाविरोधी कुनै पनि गतिविधि सह्य नहुने बताएका छन् । 

मंगलबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री लेखकले कुनै पनि वादका नाममा संविधान र गणतन्त्रविरोधी गतिविधि स्विकार्न नसकिने उल्लेख गर्दै त्यस्ता गतिविधि गर्ने जो–कोहीलाई कानुनी दायरामा ल्याइने बताए । 

जनताको बलिदानबाट स्थापित भएको गणतन्त्र र संविधानका विरोधमा कोही गएमा त्यसलाई जनस्तरबाट र सरकारबाट पनि निरुत्साहित गरिने उनले स्पष्ट पारे ।

सदनमा पुगेका सबै विधेयकलाई टुंगोमा पुर्‍याउन लागिएको जानकारी दिँदै गृहमन्त्री लेखकले मुलुकमा भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्ने बाटोमा अघि बढेको बताए । 

त्यस्तै, उनले गठबन्धन सरकार बनेपछि मुलुकले राजनीतिक स्थिरता पाएको उल्लेख गर्दै अहिले प्रधानन्त्रीले सदनमा विश्वासको मत लिन जानु नपरेको बताए । वर्तमान सरकार पूरै अवधि टिक्ने भएकाले आशंका गर्नुपर्ने कुनै ठाँउ नरहेको उनको दाबी थियो । 

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  १५:५४
प्रतिक्रिया दिनुहोस्