site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भारत–पाकिस्तान तनावबारे ओली– लडाइँमा नजान भन्यौँ, उहाँहरूले प्रतिबद्धता जनाउनुभयो 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले सुरुवातदेखि भारत र पाकिस्तानलाई लडाइँ विस्तार नगर्न आग्रह गरेको दाबी गरेका छन् । सोमबार २५६९औँ जन्मजयन्तीका अवसरमा लुम्बिनीमा आयोजित कार्यक्रममा ओलीले कुरा गर्दा लडाइँमा नजाने प्रतिबद्धता व्यक्त गरेको जिकिर गरे ।

“हाम्रै छिमेकमा झन्डैझन्डै भारत र पाकिस्तानको अलिकति हात हालाहाल त भएको थियो । तर, हात हालाहाल बढ्न पाएन । संयमका लागि उहाँहरूलाई धन्यवाद छ । हामीले सुरुदेखि भन्यौँ, विस्तार हुन नपाओस् है यो,” उनले भने, “यो हात हालाहालको स्थिति लडाइँमा परिणत हुन नपाओस् भन्ने हामीले कामना गर्‍यौँ ।”

ओलीले अझै पनि खचपचको अवस्था भने कायमै रहेको बताए । “उहाँहरूसँग पनि कुरा गर्‍यौँ, नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । फेरि पनि आरोपप्रत्यारोपको अवस्था छ,” उनले भने ।

उनले बुद्धका सन्देश अहिले पनि उत्तिकै सान्दर्भिक भएको बताए ।

प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  १३:३७
प्रतिक्रिया दिनुहोस्