site stats
बाह्रखरी :: Baahrakhari
देश
सशस्त्र प्रहरी नायव महानिरीक्षक धौवजीलाई प्रवक्ताको जिम्मेवारी

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजीलाई दिइएको छ ।

यसअघि प्रवक्ता तथा सूचना अधिकारी रहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेको सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालय पकली सुनसरीमा बाहिनीपतिको जिम्मेवारीमा सरुवा भएपछि धौवजीलाई सो जिम्मेवारी दिइएको हो ।

नायव महानिरीक्षक धौवजी यसअघि सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको बाहिनीपति थिए ।

 

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  १६:०६
प्रतिक्रिया दिनुहोस्