
काठमाडौं । चलचित्र ‘अभिमन्यु’को छायांकन सकिएको छ । २५ दिनमा चलचित्रको छायांकन सकिएको निर्माणपक्षले जानकारी दिएको छ ।
‘अभिमन्यु’को छायांकन चैत १९ गते कीर्तिपुरमा चलचित्रको पूजा गर्दै शुभमुहूर्त गरेसँगै ‘अभिमन्यु’को छायांकन सुरु भएको थियो ।
‘अभिमन्यु’मा कामेश्वर चौरासिया, गौमाया गुरुङ, सरिता गिरी, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठलगायत कलाकारको अभिनय रहेको छ ।
‘अभिमन्यु’को निर्माता विनोद पौडेल हुन् । सर्वकालीन ब्लकबस्टर सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ निर्माता पौडेलले ‘अभिमन्यु’ आगामी भदौ २७ गते रिलिज हुने बताएका छन् ।
चलचित्रको थिम पोस्टरले चक्रव्यूह र पैसाबीचको संघर्षलाई प्रस्तुत गर्ने बताइएको छ ।
सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण हुने सिनेमा ‘अभिमन्यु’लाई सुशान्त गौतमले निर्देशन गर्नेछन् ।
मुकेश खनालको लेखन रहेको चलचित्रको क्रिएटिभ निर्देशक मदन थापा हुन् ।
विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको सिनेमाका रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेका छन् । ‘अभिमन्यु’मा शरद महतोको डीओपी रहेकाे छ ।