site stats
बाह्रखरी :: Baahrakhari
कला
‘मोहर’को फर्स्टलुकमा पल, बेनिशा र नीति 

काठमाडौं । चलचित्र ‘मोहर’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकारहरूले स्थान पाएका छन् । 

पोस्टरमा पल शाह र नायिकाद्वय बेनिशा हमाल र नीति शाहलाई स्थान दिइएको छ । अर्जुन जंग शाहीलाई पनि पोस्टरमा देख्न सकिन्छ । 

Argakhachi Cement Island Ad

पोस्टरमा यसको नाम र लोगोलाई स्थान दिइएको छ । चलचित्रमा मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी र बाल–कलाकार सारा शर्माको पनि अभिनय छ ।

ओम प्रतीकको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा निर्माता चुम्बन जंग शाही हुन् । चलचित्रमा दीपेन बस्न्यातको डीओपी, कुमार महर्जनको एक्सन, भूपेन्द्र अधिकारीको सम्पादन, सुरेश अधिकारी र एसडी योगीको संगीत, प्रमोद ढुंगाना र हर्क साउदको शब्द छ ।

‘मोहर’ साउन २३ गतेबाट रिलिजमा आउनेछ । 

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  १०:४४
प्रतिक्रिया दिनुहोस्