site stats
बाह्रखरी :: Baahrakhari
देश
इलाममा महिलाको हत्या, एकजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । इलाममा हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा माई नगरपालिका–४, सिंजालीटारका ४२ वर्षीय शान्तिराम दुलाल छन् ।

सोही ठाउँकी ५२ वर्षीया भूमिका चापागाईंको हत्या गरेको उनीमाथि आरोप छ । शुक्रबार (वैशाख १२) राति उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

दुलालले खुकुरी प्रहार गर्दा भूमिका गम्भीर घाइते भएकी थिइन् । झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पताल उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२  १८:४२
प्रतिक्रिया दिनुहोस्