site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रमुख पार्टीका शीर्ष नेताप्रति आममानिसको विश्वास टुट्यो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले जनअपेक्षा पूरा गर्न नसकेको बताएका छन् । 

लोकतन्त्र दिवसका अवसरमा आयोजित 'आजको लोकतन्त्र : अवसर र चुनौती' विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले जनअपेक्षाअनुसार काम गर्न नसक्दा जनतामा असन्तुष्टि बढेको उनले बताए । 

यसो भनेर आफूले निराशा बढाउन नखोजेको उल्लेख गर्दै महामन्त्री थापाले अहिलेका प्रमुख पार्टीमा रहेका शीर्ष नेताहरूप्रति आममानिसको विश्वास टुटिसकेको दाबी गरे ।

पार्टीभित्र वैधानिक ढंगले जितेर आए पनि आममानिसको विश्वास गुमाइसकेकाले शीर्ष नेतृत्वलाई वैध मान्न नसकिने उनको भनाइ छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  १६:२२
प्रतिक्रिया दिनुहोस्