site stats
बाह्रखरी :: Baahrakhari
खेल
दिल्लीको जितमा राहुल र पोरेलको अर्धशतक

काठमाडौं । केएल राहुल र अभिषेक पोरेलको उत्कृष्ट ब्याटिङप्रेरित दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनऊ सुपर जायन्ट्सविरुद्ध आठ विकेटको सहज जित निकालेको छ ।

मंगलबार लखनऊमा भएको खेलमा घरेलु टोलीले प्रस्तुत गरेको १६० रनको लक्ष्य दिल्लीले १७.५ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो ।

Argakhachi Cement Island Ad

दिल्लीको जितमा केएल राहुलले अविजित ५७ रन बनाए । उनले ४२ बलमा तीन चौका र तीन छक्का प्रहार गरे । अबिशेक पोरेलले ३६ बलमा पाँच चौका र एक छक्कासहित ५१ रन थपे । कप्तान अक्षर पटेलले अविजित ३४ र करुण नायरले १५ रन बनाए ।

लखनऊका लागि दुवै विकेट आइदेन मार्करमले लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली लखनऊले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५९ रनको योगफल तयार पारेको थियो ।

लखनऊका मार्करमले ३३ बलमा तीन छक्का र दुई चौकाको मद्दतले सर्वाधिक ५२ रन बनाएका थिए । मिचेल मार्शले ४५, आयुश बदोनीले ३६ र डेविड मिलरले अविजित १४ रन बनाए  ।

दिल्लीका मुकेश कुमारले चार विकेट लिए । यस्तै, मिचेल स्टार्च र दुस्मन्थ चमिराले समान एक विकेट लिए ।

जितसँगै आठ खेलमा १२ अंक जोडेको दिल्ली दोस्रो स्थानमा छ । पराजित लखनऊ नौ खेलबाट १० अंकका साथ पाँचौँ स्थानमा छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  ०८:५८
प्रतिक्रिया दिनुहोस्