site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपालमा दक्षिण एसियाली क्षेत्रीय टेबल टेनिस प्रतियोगिता आयोजना हुने

काठमाडौं । अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा नेपालमा दक्षिण एसियाली क्षेत्रीय टेबल टेनिस प्रतियोगिता हुने भएको छ । मंगलबार संघले पत्रकार सम्मेलन गरेर एसियन टेबल टेनिस (एटीयू) संघको वार्षिक कार्यक्रमअनुसार नेपालमा क्षेत्रीय टेबल टेनिस प्रतियोगिता हुने जनाएको हो ।

संघका अनुसार, प्रतियोगिता वैशाख ११ देखि १४ गतेसम्म हुनेछ । प्रतियोगिताका सबै खेल लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछन् । 

Argakhachi Cement Island Ad

प्रतियोगितामा यू–१९ र यू–१५ गरी दुई उमेर समूहमा प्रतिस्पर्धा हुनेछ । यी उमेर समूहमा पनि पुरुष र महिलातर्फ टिम इभेन्ट्स, सिंगल्स, डबल र मिक्स डबल गरी चार विधामा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, माल्दिभ्स र नेपाल गरी ६ सार्क राष्ट्र सहभागी हुनेछन् । प्रतियोगितामा अफिसियल्स तथा खेलाडी गरी ११३ जना खेलाडी सहभागी हुने बताइएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  १५:५६
प्रतिक्रिया दिनुहोस्