site stats
बाह्रखरी :: Baahrakhari
देश
गोताखोरले निकाल्यो दानव नदीमा बेपत्ता दुई बालकको शव 

काठमाडौं । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीबाट प्रहरीले दुई बालकको शव निकालेको छ । 

पौडी खेल्ने क्रममा सोमबार बेपत्ता भएकामध्ये दुई बालकको शव सशस्त्र प्रहरी बलको गोताखोरले मंगलबार बिहान निकालेको हो । 

१३ वर्षका उमेश यादव र १२ वर्षका मुनु हरिजनको शव फेला परेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन् । 

बेपत्तामध्ये १४ वर्षीय राज यादवको शव भने सोमबार साँझ फेला परेको थियो ।  

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  ०८:३७
प्रतिक्रिया दिनुहोस्