site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
तिमी 

शिरिष भाट


छिपाएर असीम पीडा हाँस्छ्यौ किन सधैँ तिमी 
दिलमा पिर लिई किन हाँस्छ्यौ किन सधैँ तिमी
    
बन्यो जीवन जहरिलो एकोहोरो त्यो प्रीतले 
विषालु त्यो छाप बोकी बाँच्छ्यौ किन सधैँ तिमी

टाढिएर ऊ गइसकेको थाहा तिमीलाई भए पनि 
निभेको त्यो दीपको आँच जाँच्छ्यौ किन सधैँ तिमी

सुकेका ती घाउका पाप्रा उक्काउनुको अर्थ के
दिलासा झुटा सुनाई मनलाई ढाँट्छ्यौ किन सधैँ तिमी

ओखती पनि धेरै खाए हलाहल हुन्छ भन्छन् यहाँ
टुक्रा काँचमा खाली खुट्टा नाच्छ्यौ किन सधैँ तिमी

(अमेरिका)
 

प्रकाशित मिति: शनिबार, वैशाख ६, २०८२  ०४:५२
प्रतिक्रिया दिनुहोस्