site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रास्वपा महाधिवेशनको मिति सर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन मिति सारिएको छ । बिहीबारको केन्द्रीय समिति बैठकले महाधिवेशनको नयाँ मिति तोकेको हो ।

कार्यवहाक प्रवक्ता माीष झाका अनुसार चितवनमा आगामी फागुन ७–९ गतेसम्म महाधिवेशन हुनेछ । यसअघि वैशाख २५ गतेबाट महाधिवेशन गर्ने निर्णय भएको थियो । बैठकले असोजसम्म वडा, कात्तिकसम्मा पालिका र मंसिरसम्ममा जिल्ला अधिवेशन गरिसक्ने निर्णय गरेको छ । माघ १५ सम्ममा प्रदेश अधिवेशन सम्पन्न गरिसक्नुपर्ने र फागुनमा महाधिवेशन गर्ने निर्णय भएको झाले बताए ।

हालसम्म रास्वपाको एक हजार ९७५ वडा समिति गठन भइसकेको छ । त्यसमध्ये ७०० वटा वडामा अधिवेशन भएको, ४५८ पालिकामा समिति गठन भइसकेको छ । ७० वटा जिल्लामा भेला आयोजना भएर समिति गठन र सातै प्रदेशमा समिति गठन भएको उनले जानकारी दिए ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  १८:३५
प्रतिक्रिया दिनुहोस्