site stats
बाह्रखरी :: Baahrakhari
देश
शान्ति स्थापनाका लागि पदयात्रा

काठमाडौं । नेपाल प्राज्ञिक मञ्चले काठमाडौंमा पदयात्रा गरेको छ ।  बुधबार बिहान प्राज्ञिक मञ्चले काठमाडौंको भद्रकाली, रत्नपार्क, जमल, नारायणहिटी चारनारायण मन्दिरसम्म पदयात्रा गरेको हो ।

उनीहरूले यही चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको आत्माको चीर शान्तिको कामना गर्दै पदयात्रा गरेका हुन् । आन्दोलनमा घाइते भएकाहरूको स्वास्थ्य लाभको कामनासमेत गरिएको छ ।

चैत १५ गते भएको राजावादीहरूको प्रदर्शनका क्रममा दुई जनाको ज्यान गएको थियो । प्राज्ञिक मञ्चले नेपालमा शान्ति एवं सुव्यवस्था स्थापनाका लागि पनि पदयात्रा गरेको जनाएको छ ।

प्राज्ञिक मञ्चको पदयात्रामा संस्कृतिविद् डा. जगमान गुरुङलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  ०९:२५
प्रतिक्रिया दिनुहोस्