site stats
बाह्रखरी :: Baahrakhari
खेल
गल्फ पर्यटनबाट विश्वको ध्यान खिच्दै फिलिपिन्स

काठमाडौं । पछिल्लोसमय विश्वलाई गल्फमार्फत आकर्षित गरिरहेको देश हो, फिलिपिन्स । यो देशमा हालसम्म कुल १७५ वटा गल्फ कोर्स छन् । साथै, गल्फ कोर्समा भइरहेको यो वृद्धि अझै पनि जारी नै छ ।

विश्वस्तरीय गल्फ कोर्सहरू र अन्तर्राष्ट्रिय मान्यताको संयोजनबाट यो खेलका लागि गहिरो संस्कार बनाउने देशको रूपमा नाम बनाएको फिलिपिन्स उत्कृष्ट गल्फ गन्तव्यको रूपमा आफ्नो नाम कोर्न अभ्यास गर्दै छ ।

यस वर्षको अन्त्यमा गल्फको एक प्रतिष्ठित प्रतियोगिताको आयोजना गर्दै छ । जुन लिभ गल्फ कोर्सको छनोटको रूपमा रहने छ । २० लाख अमेरिकी डलर पुरस्कार रहेको यो श्रृंखला आगामी अक्टोबर २३–२६ सम्म आयोजना हुने जनाइए पनि स्थान भने पछि घोषणा गर्ने जनाइएको छ ।

अन्तर्राष्ट्रिय श्रृंखलाका प्रमुख राहुल सिंहले भने, “फिलिपिन्समा अन्तर्राष्ट्रिय श्रृंखला भित्र्याउँदै यो प्रतियोगिताले वृद्धि भइरहेको गल्फ प्रणाली र गल्फलाई नयाँ बजारमा लैजाने हाम्रो प्रतिबद्धतालाई टेवा पुर्‍याउँछ ।”

बिंगो प्लस (चर्चित डिजिटल इन्टरटेनमेन्ट ब्रान्ड)को मुख्य प्रायोजनमा विगत केही दशकदेखि गल्फ क्षेत्रमा फड्को मार्दै गौरवशाली गन्तव्यको रूपमा उदाएको यो देशमा अन्तर्राष्ट्रिय शृंखलामा डेब्यु गर्नेछ ।

gulf_philipins-(1)-1742820389.jpg
प्रतियोगिता गरिएको समावेशिताले फिलिपिन्सलाई शीर्ष डिभिजनको गल्फ गन्तव्य भएको झल्काउँछ । च्याम्पियनसिपका निम्ति योग्य कोर्स र जीवन्त गल्फ संस्कृतिको कारण प्रख्यात यस राष्ट्रले समर्थक र खेलाडी अनुकूल वातावरण प्रदान गर्दछ ।

अन्तर्राष्ट्रिय शृंखला जस्ता इभेन्टहरू आयोजना गर्नुले विश्व गल्फ मञ्चप्रति फिलिपिन्सको बढ्दो महत्त्वलाई प्रदर्शन गर्छ । फिलिपिन्सको प्राकृतिक सुन्दरतासँगै गल्फ क्षेत्रमा बढ्दो लगानीले यसलाई पर्यटन क्षेत्रमा नयाँ प्रकाशको रूपमा विकास गरेको छ । यस क्षेत्रमा बढ्दो लगानीले फिलिपिन्समा व्यावसायिक गल्फर र नयाँ इच्छुकहरूलाई पनि आकर्षित गर्दै गइरहेको छ ।

अन्तर्राष्ट्रिय शृंखला आयोजना गर्नुले गल्फ क्षेत्रमा फिलिपिन्सको बढ्दो प्रभावलाई पनि देखाउँछ । यो इभेन्ट वर्ष २०२५ मा फिलिपिन्सले आयोजना गरेको सबैभन्दा दोस्रो मुख्य एसियन टुर इभेन्टमा पर्दछ । यसअघि फिलिपिन्सले मनिलामा साउथवुड गल्फ र कन्ट्री क्लब जनवरी २३–२६ सम्म आयोजना गरिसकेको छ ।

फिलिपिन्समा प्रतियोगिता आयोजना गर्ने बढ्दो चासोले यस क्षेत्रमा यसको रणनीतिक महत्त्व र यसको गल्फ पर्यटन प्रस्तावहरूको आकर्षणलाई प्रतिबिम्बित गर्दछ ।

एसियन टुरका कमिस्नर र प्रमुख कार्यकारी अधिकृत (सीईओ) छो मिन थान्टले दक्षिण एसियामा टुरहरूको निरन्तरतालाई बढाउन फिलिपिन्सले खेलेको अग्रगामी भूमिकाको चर्चा गर्दै फिलिपिन्स फर्कन उत्सुकता देखाए ।

“यो गन्तव्य हामीलाई थाहा छ, खेलाडीहरू खुसी हुन्छन् । हामी यो देशलाई  २०२५ तालिकामा समावेश गर्न पाउँदा निकै खुसी छौँ,” उनले भने ।

gulf_philipins-(5)-1742820390.jpg
अब आयोजना हुन लागेको उक्त प्रतियोगिता अन्तर्राष्ट्रिय श्रृंखला प्रतियोगिताको क्यालेन्डरको एउटा अंश हो । जुन क्यालेन्डरमा भारत, मोरोक्को, इन्डोनेसिया, हङकङ र साउदी अरेबिया पनि समावेश गरिएको छ । २०२४ एसियन टुरमा कुल तीन करोड अमेरिकी डलर पुरस्कार राशी र २२ वटाभन्दा बढी इभेन्ट समावेश हुनेछन् ।

अन्तर्राष्ट्रिय शृंखला र फिलिपिन ओपनजस्ता उच्चस्तरका अन्तर्राष्ट्रिय प्रतियोगिताहरू आयोजना गरेर फिलिपिन्सले गल्फका निम्ति आर्कषक गन्तव्यको रूपमा आफूलाई उभ्याउन खोजेको छ । जसले यो दक्षिणपूर्वी एसियाली मुलुकले गल्फका उच्चस्तरका खेलाडी र विश्वको ध्यानलाई आकर्षण गर्न सफल बनेको छ ।

gulf_philipins-(2)-1742820389.jpg

gulf_philipins-(3)-1742820390.jpg

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १८:३४
प्रतिक्रिया दिनुहोस्