site stats
बाह्रखरी :: Baahrakhari
देश
भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका विद्युत् प्राधिकरणका सहायक प्रबन्धक पक्राउ

काठमाडौं । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल विद्युत् प्राधिकरणका सहायक प्रबन्धक ध्रुवकुमार उप्रेती पक्राउ परेका छन् । आइतबार काठमाडौंको वनस्थलीबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई पक्राउ गरेको हो । 

सर्वोच्च अदालतले गत मंसिर १२ गते उनलाई दुई करोड ५५ लाख १६ हजार ४८३ रुपैयाँ जरिवाना र ६ महिना कैद सजाय सुनाएको थियो । त्यसपछि उनी फरार भएका थिए । 

पक्राउ परेका उप्रेतीलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको थियो । अदालतले उनलाई डिल्लीबजार कारागारमा चलान गरेको छ ।

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १४:३०
प्रतिक्रिया दिनुहोस्