site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पुल्चोक इञ्जिनियरिङ क्याम्पसकाे स्ववियु सभापतिमा स्वतन्त्र उमेदवार विजयी

काठमाडौं । पुल्चोक इञ्जिनियरिङ क्याम्पसकाे स्ववियु सभापतिमा स्वतन्त्र उमेदवार विजयी भएका छन् । मंगलबार भएको निर्वाचनमा स्वतन्त्र उमेदवार बनेका स्वयं श्रेष्ठले बाजी मारेका हुन् । 

उनले एक हजार १०२ मत ल्याएका हुन् । उनी स्नातक सिभिल इन्जिनियरिङ चौथो वर्षमा अध्ययनरत छन् ।

उनका प्रतिद्वन्द्वी रसिक लम्सालले ७१० मत ल्याए । सचिवमा अखिल क्रान्तिकारीका दिवस सापकोटा, कोषाध्यक्षमा नेविसंघका अल्बर्ट ढकाल विजयी भए ।

 

प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  २०:४७
प्रतिक्रिया दिनुहोस्