site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘मदन पुरस्कार–२०८१’का लागि आवेदन आह्वान

काठमाडौं । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०८१’ का लागि आवेदन माग गरेको छ । गुठीले ०८१ साल (२०२४ अप्रिल १५ देखि २०२५ अप्रिल १४)मा प्रकाशित पुस्तकका लागि आवेदन माग गरेको हो । 

उक्त अवधिमा प्रकाशित भएका पुस्तकका लेखकले मदन पुरस्कारका लागि २०८२ वैशाख १५ सम्ममा आवेदन दिन सक्नेछन् । 

आवेदकले आफ्नो पुस्तकका चारप्रतिसहित आवश्यक विवरण मदन पुरस्कार गुठीको ठेगानामा पठाउनु पर्नेछ । 
 

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  १६:०४
प्रतिक्रिया दिनुहोस्