site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सेवाग्राही ठग्ने आईभीएफ सेन्टरलाई मन्त्रालयको पाँचबुँदे निर्देशन 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै आईभीएफ सेवा प्रदायक स्वास्थ्य संस्थालाई पाँचबुँदे निर्देशन दिएको छ । 

झुटो प्रचार तथा चर्को शुल्क असुली गरी सेवाग्राहीलाई ठगेको गुनासोपछि यस्तो निर्देशन दिइएको हो । 

मन्त्रालयले सेवा सम्बन्धमा झुटो प्रचार प्रसार नगर्न, सेवा शुल्कको विवरण संस्थाको वेभसाइटमा राख्न, मापदण्ड पूरा गरेर मात्रै शाखा विस्तार गर्न भनेको छ । 

यस्तै असहाय, विपन्न बिरामीलाई १० प्रतिशत छुट अनिवार्य दिन र प्रदान गरिएका सेवाको विवरण चौमासिक रूपमा प्रदायक निकायमा बुझाउन मन्त्रालयको निर्देशन छ । 

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  १४:२२
प्रतिक्रिया दिनुहोस्