site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जसपा नेपालका तीन केन्द्रीय सदस्य कांग्रेस प्रवेश 

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य अमृतबहादुर सुनुवार कार्यकर्तासहित नेपाली कांग्रेस प्रवेश गरेका छन् । सुनुवारसहितका कार्यकर्तालाई कांगेस सभापति शेरबहादुर देउवाले आफ्नै निवास बूढानीलकण्ठमा स्वागत गरेका हुन् । पार्टी प्रवेश गर्नेमा जसपाबाहेक अरू पार्टीमा रहेकाहरू पनि छन् । 

सभापति देउवाले उनीहरूलाई पार्टीको साधारण सदस्यता प्रदान गरे । देउवाले अब कांग्रेसमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह पनि गरे ।

“पार्टी सदस्यलाई नयाँ–पुरानाभन्दा सक्रियता र योगदानका आधारमा मूल्यांकन हुन्छ र यसकै आधारमा अवसरको बाँडफाँट गरिनेछ,” देउवाले भने, “तपाईं सबै सक्रियपूर्वक पार्टीलाई बलियो बनाउन लाग्‍न अनुरोध छ ।”

कांग्रेस प्रवेश गर्नेहरूमा जसपाका केन्द्रीय परिषद् सदस्य मनप्रसाद सुनुवार, जसपाकै महिला केन्द्रीय सदस्य लुकमाया सुनुवार, रामेछाप जिल्ला सचिव प्रसाद सुनुवार, राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछामका उपाध्यक्ष दशराम सुनुवारलगायत छन् ।

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  १५:४३
प्रतिक्रिया दिनुहोस्