site stats
बाह्रखरी :: Baahrakhari
खेल
युभेन्ट्सको जितमा एम्बाङगुला निर्णायक 

काठमाडौं । घरेलु मैदानमा डच टोली पीएसभी आइन्डोभनविरुद्ध २–१ को रोमाञ्चक जित निकाल्दै इटालियन क्लब युभेन्ट्सले यूईएफए च्याम्पियन्स लिगको नकआउट सम्भावना बलियो बनाएको छ । 

घरेलु मैदान एलियन्ज रंगशालामा सम्पन्न खेलमा युभेन्ट्सलाई जित दिलाउन वेस्टोन म्याकेनी र स्यामुयल एम्बाङगुलाले गोल गरे । पीएसभीका इभान पेरिसिचले गोल गरे पनि हार टार्न सकेनन् । 

खेलको ३४औँ मिनेटमा म्याकेनीले गोल गर्दै युभेन्टसलाई अग्रतामा राखेका थिए । ५६औँ मिनेटमा पेरिसिचको गोलमा पीएसभी खेलमा फर्कियो । 

तर, ८२औँ मिनेटमा एम्बाङगुलाले गोल गर्दै युभेन्ट्सलाई पुनः २–१ को अग्रतामा राखे । यही गोल निर्णायक बन्दा युभेन्ट्सले पहिलो लेगमा २–१ को जित निकालेको हो ।

यी दुई टिमबीचको दोस्रो लेग फेब्रुअरी २० मा पीएसभीको मैदानमा हुनेछ ।

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  ०७:३८
प्रतिक्रिया दिनुहोस्