site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसदीय दलको बैठकअघि उपेन्द्रले भेटे ओली र देउवा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संसदीय दलको बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

उनले देउवासँग बिहान सिंहदरबारस्थित बानेश्वरस्थित संसद् भवनमा भेटेका थिए । त्यसपछि उनी प्रधानमन्त्री ओली भेट्न बालुवाटार पुगेका थिए ।

दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा र १ः१५ मा बस्ने राष्ट्रियसभामा ६ वटा अध्यादेश निर्णयार्थ प्रस्तुत हुँदै छन् । राष्ट्रियसभामा उपेन्द्रको पार्टी निर्णायक छ ।

अध्यादेशको पक्षमा कि विपक्षमा उभिने निर्णय गर्न जसपाको संसदीय दलको बैठक बस्दै छ । अध्यादेशबारे अध्ययन गर्न जसपाले कार्यदल नै बनाएको थियो ।

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  ११:४८
प्रतिक्रिया दिनुहोस्