site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
'ढलेँ ढलेँ' गीतको प्रसंग निकाल्दै ओलीले भने– सरकार ०८४ सम्म टसमस हुँदैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढल्न लाग्यो भनेर विपक्षीले समय व्यर्थमा फालेको टिप्पणी गरेका छन् । आजको प्रतिनिसभा बैठकमा उनले बजारमा चर्चा पाएको 'ढलेँ ढलेँ' गीतजस्तै चर्चा गरिएको भन्दै कटाक्ष गरे ।

“ढलेँ ढलेँ भन्ने गीत प्रचारमा छ । आमरूपमा राजनीतिक नेताले गाएको सुन्छु– ढल्यो, ढल्यो । यो गीत मनोरञ्जनका लागि पार्टी उत्सवमा सुहाउला, पार्टीमा सुहाउला । राजनीतिमा त्यति सुहाउँदैन,” ओलीले भने । 

उनले एक 'माननीय'ले अश्लील भयो भन्ने टिप्पणी गरेको भन्दै सोधे, “यस्तो गीत के नक्कल गरि'रा होला ? यस्ता गायन राजनीतिका मञ्चमा गाउन बन्द गरे हुन्छ । सरकार ०८४ सम्म टसमस गर्नेवाला छैन ।”

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  १४:२५
प्रतिक्रिया दिनुहोस्