site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अध्यादेशको औचित्यमा कांग्रेसका सांसदहरूले उठाए प्रश्न

काठमाडौं । नेपाली कांग्रेसका सांसदहरूले सरकारले ल्याएको अध्यादेशको औचित्यबारे संसदीय दलमा प्रश्न उठाएका छन् । शुक्रबार नयाँ बानेश्वरमा रहेको संसद् भवनस्थित ल्होत्से हलमा बैठक जारी बैठकमा सांसदहरूले अध्यादेशसहितका विषयमा प्रश्न गरेका हन् ।

अहिले बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्री, पदाधिकारी र नेताहरूले बोलिरहेको कांग्रेसका प्रमुख सचेत श्याम घिमिरेले जानकारी दिए ।

"अध्यादेशको विषयमा सांसदहरूले प्रश्नहरू उठाउनुभएको छ । विकास निर्माणका सवालमा पनि प्रश्न उठाउनुभएको छ," उनले भने ।

बैठकमा पाथीभरा मन्दिर क्षेत्रमा केबलकार निर्माणका विषयमा भएको विवादबारे पनि छलफल भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  १२:०६
प्रतिक्रिया दिनुहोस्