site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राप्रपा प्रवक्ता शाहीलाई पितृशोक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं संसदीय दलका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)लाई पितृशोक परेको छ । 

शाहीका पिता हरिबहादुर शाहीको ६६ वर्षको उमेरमा आज दिउँसो सुर्खेतको वीरेन्द्रनगरमा निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ । क्यान्सर रोगबाट पीडित शाहीको उपचारका क्रममा निधन भएको हो।

ज्ञानेन्द्र शाही जुम्लाबाट निर्वाचित सांसद हुन् । यसअघि शाहीले बुबाको बिरामी भएको र हेरचाहमा व्यस्त हुनुपरेको कारण दर्साउँदै पार्टीको बैठकमा सहभागी भएका थिएनन् । 

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  २१:००
प्रतिक्रिया दिनुहोस्