site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
रंगशालामा सभापति कप जारी (तस्बिरहरू)

काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा काठमाडौंमा ‘सभापति कप फुटबल प्रतियोगिता’ जारी छ । 

बिहीबारबाट सुरु भएको उक्त प्रतियोगिता आगामी बिहीबारसम्म जारी रहनेछ । माघ १३ गते आइतबारसम्म एक–एक नकआउट खेल भए भने आज सोमबार र भोलि मंगलबार सेमिफाइनलका खेल हुनेछन् । 

१६ गते एक दिन विश्राम राखिएको छ । त्यसै दिन उपाधि विजेताले पाउने ट्रफी सार्वजनिक गरिनेछ ।  

फाइनल खेल १७ गते हुनेछ । त्यसपछि पुरस्कार वितरण हुनेछ ।  

प्रतियोगिताको विजेताले २६ लाख पुरस्कार पाउने छ भने उपविजेता टोलीले १३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

यसैगरी हरेक खेलमा म्याच फीको रूपमा प्रत्येक टिमले ५० हजार पाउने छन् भने प्लेयर अफ दी म्याचलाई १५ हजार रुपैयाँ प्रदान गरिनेछ । 

फाइनलका दिन सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार, उत्कृष्ट गोलकिपरलाई ५० हजार, सर्वाधिक गोलकर्तालाई ५० हजार, उत्कृष्ट उदीयमान खेलाडीलाई २५ हजार प्रदान गरिने छ ।

savapati-cup-(8)-1737989192.jpg

savapati-cup-(1)-1737989192.jpg

savapati-cup-(6)-1737989190.jpg

savapati-cup-(7)-1737989190.jpg

savapati-cup-(4)-1737989188.jpg

savapati-cup-(5)-1737989188.jpg

savapati-cup-(2)-1737989186.jpg

savapati-cup-(3)-1737989186.jpg

 

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  २०:३४
प्रतिक्रिया दिनुहोस्