site stats
बाह्रखरी :: Baahrakhari
देश
एक करोड रुपैयाँ बैंक धरौटी बुझाएर छुटे रवि लामिछाने

काठमाडौं । रूपन्देही जिल्ला अदालतको आदेशपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने एक करोड रुपैयाँ बैंक धरौटी बुझाएर छुटेका छन् । आइतबार न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले लामिछानेसँग एक करोड रुपैयाँ धरौटी मागेको थियो ।

अदालतले मागेको एक करोड रुपैयाँ बैंक धरौटी बुझाएपछि लामिछाने छुटेका हुन् ।

बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा माघ ६ मा लामिछानेसहित २२ जनालाई प्रतिवादी बनाएर रूपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

लामिछाने पहिलोपटक गत कात्तिक २ गते पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा काठमाडौंबाट पक्राउ परेका थिए । उनी कास्की जिल्ला अदालतबाट ६५ लाख रुपैयाँ धरौटीमा पुस २५ गते रिहा भएका थिए । यस्तै, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा ६० लाख रुपैयाँ धरौटीमा माघ २ गते रिहा भएका थिए ।

प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  २१:५६
प्रतिक्रिया दिनुहोस्