site stats
बाह्रखरी :: Baahrakhari
देश
सुप्रिम सहकारी ठगी : रविविरुद्ध आज तेस्रो दिन पनि बहस 

काठमाडौं । रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको आज तेस्रो दिन पनि रुपन्देही जिल्ला अदालतमा बहस हुँदै छ । बुटवलको सुप्रिम सहकारीको रकम ठगी गरेको अभियोगमा बहस भइरहेको हो । 

रविलाई जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बिहीबार र शुक्रबार बयान लिइएको थियो । बुधबार मुद्दा हेर्दाहेर्दैमा राखेर उनलाई थुनछेक बहसमा उपस्थित गराउनेगरी श्रीमती निकिता र कानुन व्यवसायीको जिम्मामा पठाउने आदेश भएको थियो । 

सुप्रिम सहकारीबाट लामिछानेले दुई करोड लिएको भौचर भेटिएको भन्दै उनीविरुद्ध सहकारी ठगी मुद्दा लागेको छ ।

हालसम्म सरकारी वकिल र तीनजना रवि पक्षका वकिलले बहस गरेका छन् । रवि पक्षबाट बहसका लागि नाम टिपाएका थप पाँचजना वकिलले बहस गरेपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन् । त्यसपछि मात्रै न्यायाधीशले फैसला दिनेछन् । 

प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  ०९:०९
प्रतिक्रिया दिनुहोस्