site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
सातौँ स्टारसिप परीक्षण उडानको तयारी गर्दै स्पेसएक्स

लस एन्जलस । स्पेसएक्सले आफ्नो विशाल स्टारसिप रकेटको सातौँ उडान परीक्षण सुरु गर्ने तयारी गरिरहेको छ । आउँदो उडान परीक्षणले महत्त्वपूर्ण स्तरवृद्धि गर्नेछ । 

स्पेसएक्सका अनुसार, स्टारसिपले माथिल्लो चरणमा योजनाबद्ध अपग्रेडको ब्लक उडान परीक्षण सुरु हुनेछ, जसले विश्वसनीयता र कार्यसम्पादनमा ठूलो सुधार ल्याउनेछ ।

स्पेसएक्सले रकेटको प्रोपल्सन प्रणालीलाई पुनः डिजाइन गरेको छ, जसमा प्रोपेलेन्ट भोल्युममा २५ प्रतिशत वृद्धि, फिडलाइनको भ्याकुम ज्याकेटिङ, सवारीसाधनको र्‍याप्टर भ्याकुम इन्जिनका निम्ति नयाँ इन्धन फिडलाइन प्रणाली तथा सुधारिएको प्रोपल्सन एभियन सेन्सर नियन्त्रण गर्ने प्रणाली समावेश छ ।

स्पेसएक्सका अनुसार, अन्तरिक्षमा हुँदा स्टारसिपले १० स्टारलिंक सिमुलेटर तैनाथ गर्नेछ ।

स्पेसएक्सको स्टारसिप अन्तरिक्षयान र सुपर हेवी रकेटलाई सामूहिक रूपमा स्टारसिप भनिन्छ । 

नासामा स्टारसिपले महत्त्वपूर्ण भूमिका खेल्छ । नासाले चन्द्रमाको यात्राको अन्तिम चरणमा अन्तरिक्षयात्रीलाई आर्टेमिस ३ भनिने मिसनमा लैजान रोजेको थियो, जुन हाल सन् २०२६ का निम्ति योजना गरिएको छ । रासस/सिन्ह्वा

प्रकाशित मिति: शनिबार, पुस २०, २०८१  १५:५८
प्रतिक्रिया दिनुहोस्