site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकारको कार्यशैलीप्रति जनता असन्तुष्ट : संग्रौला

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाले वर्तमान सरकारको कार्यशैलीप्रति जनता सन्तुष्ट हुन नसकेको बताएकी छन् । मंगलबार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा उनले जुन उद्देश्यका निम्ति सरकार गठन गरिएको थियो, त्यो पूरा गर्न सफल नभएको बताएकी हुन् ।

जनताले विकासको अनुभूति नगरेको, सरकार सञ्चालनमा भएकाहरू अल्मलिएको उनले उल्लेख गरिन् ।

मुलुकमा स्थिरता कायम गर्न संविधान संशोधनका निम्ति ठूला दल मिलेर सरकार बनाइएको भन्दै उनले गम्भीर भएर अघि बढ्नुपर्नेमा जोड दिइन् । निर्वाचन प्रणाालीसहितका संरचना संशोधन गर्न प्रक्रिया अगाडि बढाइएको उनले बताइन् ।

नेत्री संग्रौलाले क्रियाशील सदस्यता वितरण कार्य थालिएसँगै पार्टी महाधिवेशनको तयारी सुरु भएको जानकारी दिइन् । समयमै कांग्रेसको महाधिवेशन हुनेमा आफू विश्वस्त भएको उनको भनाइ थियो ।

आउँदो महाधिवेशनपश्चात् ‘भिजन’ र ‘मिसन’ भएको व्यक्तिले पार्टीको नेतृत्व गर्ने उनले जिकिर गरिन् । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  १३:४६
प्रतिक्रिया दिनुहोस्